विवादास्पद एसिया प्यासेफिक एक्सचेन्ज बैठकमा भाग लिन माओवादी पुष्पकमल दाहाल क्वालालम्पुरमा

 

 

काठमाडौं – एसिया प्यासेफिक एक्सचेन्ज एन्ड कोअपरेसन (एपेक) को बैठकमा भाग लिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार राति मलेसिया गएका छन् ।

चीनको बेइजिङमा मुख्यालय रहेको कार्यक्रममा भाग लिन दाहाल क्वालालम्पुर गएको उनका स्वकीय सचिव समीर दाहालले जानकारी दिए । लुम्बिनीको विकास लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने विवादास्पद सम्झौता गरेर एपेकको आलोचना भइरहेका बेला दाहाल बैठकमा सहभागी हुँदैछन् ।


नेपालबाट दाहाल र पूर्वयुवराज पारस शाह यो संस्थाका सहअध्यक्ष हुन् । उनीसँग विदेश विभाग प्रमुख कृष्णबहादुर महरा पनि गएका छन् ।