भारतीय अर्थमन्त्री प्रणब मुखर्जीले हिजो बोल्दै अमेरिकी राष्ट्र ऋणको मूल्य घटाइने भएबाट ल्याइने अवस्था गम्भीर हुने भएकोले भारतले यसबारे अध्ययन गर्ने बताउनुभयो।
बेलायती वाणिज्यमन्त्री भिन्सेन्ट क्याबलले उक्त कुरा अनुमान गरिएको जस्तै भयो र वर्तमान अवस्थाबाट हेर्दा अमेरिका अपेक्षाकृत रुपमा सुरक्षित भएको धारणा व्यक्त गर्नुभयो।
फिलिपिन्सका अर्थमन्त्री सेसार पुरिसिमाले अन्तर्राष्ट्रिय मुद्रा प्रणालीको सुधार गर्न आह्वान गर्नुभयो।
बितेका केही दिनयता, अमेरिकी अर्थतन्त्रको पुनरुत्थान तथा युरोपको ऋण संकटको निरन्तरताप्रति लगानीकर्ताको चिन्ता बढ्दै आएकोले विश्वभरिका स्टक बजारमा स्टकको मूल्य ठूलो परिमाणमा तल घटेका छन्। सातवटा पश्चिमी मुलुक समूहका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरले टेलिफोन वार्ता गरी वर्तमान अवस्थाको सामना गर्नेबारे छलफल गर्नुहुनेछ।



