काठमाडौं – पूर्वघोषणाअनुसार परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबारदेखि ३० गतेसम्म पूरक एसएलसी परीक्षा सञ्चालन भएको छ । परीक्षामा १ लाख २२ हजार ५ सय ५ परीक्षार्थी सहभागी छन् ।
परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार २ सय २३ केन्द्रमा हुने परीक्षामा सबैभन्दा बढी गणितका परीक्षार्थी ६४ हजार ५ सय १७ जना छन् । विभिन्न २७ विषयको परीक्षा हुनेछ ।
नियन्त्रक गौतमले सम्पूर्ण तयारी पूरा भएको तथा परीक्षालाई नियमित र अनुशासित बनाउन सबैलाई आग्रह गरेको बताए । उनले भने, ‘अनियमितता गर्नेलाई तुरुन्त कारबाही गर्न जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको छ ।’