.jpg)
भेलामा सहभागी हुन सोमबार राति अबेर माओवादी पोलिटब्यूरो सदस्य देबेन्द्र पौडेल डडेलधुरा आइपुगेका छन् । भेला मंगलबार बिहानै देखि सुरु भएको छ । डडेलधुरा सदरमुकामदेखि ८ किलोमिटर टाढा रजोडा गाउँ नजिकै सुरु भएको हो ।
भेलामा डडेलधुरा, डोटी, बैतडी, बाजुरा, बझाङ, दार्चुला अछाम र कैलालीका माओवादी नेता कार्यकर्तासहित झण्डै डेढसय भन्दा बढी सहभागी रहेको बाबुराम पक्षधर कार्यकर्ता गणेश भट्टले भेला स्थलबाट जानकारी दिएका छन् । भेलामा बाबुराम भट्टराईले प्रस्तुत गरेको शान्ति र संविधान निर्माणको कार्यदिशाका बारेमा छलफल हुने बताइएको भए पनि अन्य जानकारी हुन सकेको छैन् ।
गोप्य भनिएको भेला पार्टीको लाइन बिपरीत भएको भन्दै संस्थापन पक्षीय नेता कार्यकर्ताहरुले भेला अबैधानिक भएको बताएका छन् । ‘भेलाको कुनै औचित्य छैन।’ माओवादी जिल्ला नेता मानसिंह मालले भने, ‘पार्टी भन्दा पनि गुटगत राजनीतिलाई संस्थागत गर्न भेला बोलाइएको हो ।’
भेलाका आयोजकहरुले भेला सकिएपछि पत्रकार सम्मेलन गरी जानकारी दिइने बताएका छन् ।



