संघीय लोकतान्त्रिक मञ्च र चुरे भावरका सभासद्को पद खारेज

काठमाडौ  –  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार नल्बो लिम्बु   र चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष केशव मैनालीको संविधान सभा सदस्यता खारेज गरिएको छ । 

पार्टीले संविधान सभा सदस्यबाट हटाउन गरेको आग्रह अनुसार संविधान सभाले दुवै जनाको पद खारेज गरेको हो । दुबैले आफ्नो पार्टी छाडेर नयाँ पार्टी गठन गरेका छन् । 

संविधान सभा सचिवालयका महासचिव मनोहर भट्टराईले मंगलबार दिउँसो दुवै सभासद्को पद खारेज गरिएको सूचनामा जारी गरेका छन् । 

यी दुई सभासद् हटेपछि संविधान सभा सदस्य संख्या ५ सय ९४ मा पुगेको छ। सर्लाहीका मैनाली र मोरङका लिम्बु दुवै जना समानुपातिक कोटाबाट निर्बाचित सभासद् हुन् ।