नेपाली सेनाको उच्च टोलीले चीनको भ्रमण गरी फर्किए लगत्तै भारतीय सेनाको टोली पनि नेपाल भ्रमणमा

नेपाली सेनाको उच्च टोलीले चीनको भ्रमण गरी फर्किए लगत्तै भारतीय सेनाको टोली पनि नेपाल भ्रमणमा आएको छ । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा नेपाली सेनाका उपरथी दमनबहादुर घलेको नेतृत्वमा चीन गएको टोली आज स्वदेश फर्किएको हो ।

 

आजै भारतीय सेनाका सैनिक समाचार महानिर्देशक लेफ्टिनेन्ट जर्नल डिएस ठाकुर नेतृत्वको भारतीय सेनाको टोली नेपाल आएको छ ।

 

ठाकुरले रक्षामन्त्री, रक्षा सचिव र प्रधान सेनापतिलाई भेटी टोखास्थित सैनिक कमाण्डरको स्टाफ कलेज, जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालय र अमलेखगञ्जस्थित प्रतिविद्रोह तथा जंगल वारफयेर शिक्षालयको निरीक्षण गर्ने कार्यक्रम छ ।