काठमाडौं – विशेष अदालतले सुडान प्रकरणमा भ्रष्टाचार आरोपित निलम्बित प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठलाई तारेखका छाड्ने आदेश दिएको छ। अदालतले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल उनलाई तारेखमा छाड्न भनेको हो।
विशेष अदालतका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले यस्तो आदेश गरेको हो।
यी प्रतिवादी प्रहरी कल्याण कोषको सञ्चालक समितिको सदस्यको हैसियतले नभई आमन्त्रित प्रतिनिधिको रुपमा पहिले नै भुक्तानी भइसकेको रकमको खर्च समर्थन गर्ने कोष सञ्चालक समितिको बैठकमा सहभागी रहेको देखिएकोसमेतका तत्काल प्राप्त प्रमाणबाट कसुरमा संलग्नता रहेको भन्न सकिने अवस्था नरहेको अदालतले बताएको छ।