पूर्व राजा ज्ञानेन्द्र शाहले भदौ १४ पछि देशमा गम्भीर स्थिती सृजना हुन सक्ने बताएका छन।
उनले सबैलाई चित्त बुझ्ने र बनेपछि नच्यातिने गरी संविधान लेख्न दलहरुलाई सुझाव पनि दिए ।
आज यूवा समाज इमाडोलले गरेको सप्ताह महायज्ञमा सहभागि पूर्व राजा ज्ञानेन्द्रले भदौ महिनामा खुर्सानीको खारले जे पनि गर्न सक्ने भन्दै दलहरुप्रति ब्यङ्ग्य गरे ।
आम नेपाली जनता जस्तै आफुले पनि शान्ति र संविधान चाहेको भन्दै उहाँले भदौ १४ गते भित्रै संविधानको पहिलो मस्यौदा जारी हुनेमा आशा व्यक्त गरे ।