माओवादीका सामु शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन अन्तिम मौका: एमाले

एमाले उपाध्यक्ष अशोक राईले माओवादीका सामु शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन अन्तिम मौका रहेको वताउनु भएको छ ।

 

१७ औं विश्व आदिवासी दिवसको सन्दर्भमा राजधानीमा भएको कार्यक्रममा उपाध्यक्ष राइले माओवादीलाई जिम्मेवार राजनीतिक दलको रुपमा शान्ति प्रक्रिया र संविधान लेखनमा भूमिका खेल्न आग्रह गर्नुभयो । एमाले सचिव शंकर पोखरेलले शान्ति र संविधान लेखनलाई निश्कर्षमा पुर्‍याउन दलहरुबीच राष्ट्रिय सहमतिको विकल्प नभएको वताउनुभयो ।

 

नेता केपी शर्मा ओलीले समतामुलक समाज निर्माण गर्दै आदिवासी जनजातीहरुलाई पनि अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।