काठमाडौ – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसँग पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन् ।
बिहीबार सभापति कोइराला राष्ट्रपति निवासमा शितलनिवास पुगेर भेटवार्ता गरेका हुन् । राससका अनुसार सो अवसरमा दुई नेताबीभ मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको हो ।
आगामी भदौ १४ गतेसम्ममा शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउँदै नयाँ संविधानको मस्यौदा सार्वजनिक गर्ने पाँचबुँदे सहमति गत जेठ १४ गते भएपनि काम पुरा हुन नसक्दा राजनीतिक अन्योल कायमै छ । यसैबीच प्रधानमन्त्री झलनाथ खनालले बुधबार संसदमा शान्ति प्रकृयामा प्रगति नभए यही साउन २८ गतेभित्रमा राजीनामा दिने बताइसकेका छन् ।



