४-५ जनाको मुकुन्डोधारी समूहले पर्वत जिल्लाको पिपलटारी-९ स्थित घरबाटै छोरीहरुलाई अपहरण गरेको पिता कृष्णप्रसाद तिवारीले बताउँदै आएका थिए। उनकी दुई छोरी मध्ये ८ वर्षकी नमूना राष्ट्रिय बाल शिक्षा सदन कुश्मामा कक्षा २ मा र छ वर्षकी नवीना कक्षा १ मा पढ्थिन्।
यस क्षेत्रमा कुनै भूमिगत सशस्त्र समूहको गतिविधि नभएकोले प्रहरीले घटनालाई रहस्यमय भएको बताएको थियो। घटनास्थल बाग्लुङ-पोखरा राजमार्गको दोबिल्लादेखि एक किलोमिटर पूर्व पर्छ। छोरीलाई स्कुल पठाउन सजिलो हुने भएपछि केही महिनादेखि उनी खेतबीच घर बनाएर बस्दै आएका थिए।
अपहरणमा थोरै रकम मागेकाले पेसेवर अपहरणकारी नभएको प्रहरीले शंका गरेको थियो। ‘पेसेवर भएको भए दुई बालिकाको लागि लाखमात्र माग्ने थिएनन्,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृत विजयराज पण्डितले भनेका थिए।



