बिहीबार र शुक्रबार राति भारतीय सेनाको सुरक्षासहित सेनाले एक सय ९ वटा सैन्य ट्रक तथा जीपमा सैन्य सामाग्री नेपाल भित्र्याएको हो । जसमा सेनाका लागि अत्यावश्यक पर्ने तथा उसको सेवा र स्तरलाई थप सदृढ बनाउन सहयोग पुग्ने गैर घातक सामाग्री रहेको सेनाले दावी गरेको छ । जीप र ट्रकलाई भारतीय सेना सहितको टोलीले सुनौली बोर्डरसम्म आएर नेपाली सेनाको २२ नम्बर बाहिनी बुटवललाई बुझाएको थियो । ती सामाग्री अहिलेपनि २२ नम्मर बाहिनीमै पार्कीड. गरेर राखीएका छन् ।
२२ नम्बर बाहिनी बुटवल रामनगरका सहायक बाहिनीपति बाबुकृष्ण कार्कीले गाडीसहितका सैन्य सामाग्री नेपाली सेनाका लागि भारतीय सरकार तथा सेनाले दिएको बताए । शान्ति सम्झौता अनुसार नै मन्त्रालय र सरकारको निर्णय अनुसार यी सामाग्रीहरु ल्याईएको उनले दावी गरे । ‘बिगतका वर्षमा जस्तो भारतीय सरकार र सेनाको नियमित सहयोग अन्तर्गत यी सवारी र सैन्य सामाग्री ल्याइएका हुन्,’ उनले भने ।
सामाग्री देशभरका सेनाको लागि ल्याईएको बताउदै सहायक बाहिनीपति कार्कीले सामाग्री तथा गाडीहरु आवश्यकताअनुसार यहाँबाटै वितरण गरिने बताए । तर सैन्य सामाग्री के के र सवारी के कस्ता भन्नेबारेमा भने सेनाले बताएन । वीगतका बर्षहरुमा भारतीय सेना र सरकारले नेपाली सेनालाई सैन्य सामाग्री दिदा एकिकृत माओवादीले अवरोध गर्ने गरेको थियो ।



