माओवादी लडाकूको समायोजनको मापदण्ड बनाउँदा महिलाहरुको विशेष स्थिति, भूमिका र आवश्यकतालाई ध्यानमा राख्नुपर्नेमा सरोकारवालहरुको जोड

माओवादी लडाकूको समायोजनको मापदण्ड बनाउँदा महिलाहरुको विशेष स्थिति, भूमिका र आवश्यकतालाई ध्यानमा राख्नुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।

 

शान्ति र संविधानका लागि महिला दबाब अभियानले आज राजधानीमा कार्यक्रम गरी लडाकु महिलालाई विशेष प्राथमिकताका साथ सेनामा समायोजन गराउनुपर्ने र मापदण्ड तयार गर्ने टोलीमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएको हो । कार्यक्रममा माओवादी महिला लडाकूहरुसँगको कुराकानीको आधारमा तयार पारिएको प्रतिबेदन सार्वजनिक गरिएको थियो ।

 

प्रतिबेदनले समायोजनका क्रममा महिलाहरुमाथि विभेद गरिए त्यसले अर्को द्धन्द निम्त्याउन सक्ने औंल्याइएको थियो ।