
शम्मी कपुरकी नातिनी तथा नायक सैफअली खान अन्तिम श्रदाञ्जलिका क्रममा कपुर निवासमा। तस्बिर : एएफपी



शम्मी कपुरकी नातिनी तथा नायक सैफअली खान अन्तिम श्रदाञ्जलिका क्रममा कपुर निवासमा। तस्बिर : एएफपी


शम्मी कपूरप्रति अन्तिम श्रद्धाञ्जलि दिन बलिउडका चर्चित कलाकार र विभिन्न क्षेत्रका व्यक्तिहरु कपूरको मालाबार हिलस्थित ब्ल्यु हेभनमा हिजो पुगेका थिए। अमिताभ बच्चन र उद्योगी अनिल अम्बानीले पनि निवासमा पुगेर उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए।


कलाकार शशी कपूर अन्तिम श्रद्धाञ्जलि दिएर फर्कँदै। तस्बिरः एएफपी








मुम्बइ – बेजोड अभिनयका कारण ५० र ६० को दसकमा हिन्दी सिनेमाको पर्दाका चर्चित अभिनेता शम्मी कपुरको आइतवार विहान निधन भएको छ । ७९ वर्षका कपुर पछिल्ला केही वर्षदेखि विरामी थिए ।
उनको मृगौलाले काम नगरेपछि डाइलासिस गरिंदै आएको उनको पारिवारिक स्रोतले बताएको छ । सातामा तीनपटकसम्म डाइलासिस गर्नुपर्ने भएका उनी मुम्बइको बीच क्याण्डी अस्पतालको गहन चिकित्सा इकाइमा उपचाररत थिए । उनको परिवारमा पत्नी नीलादेवी, छोरा आदित्यराज र छोरी कञ्चन देसाइ छन् । उनको अन्तिम संस्कार सोमबार गरिने भएको छ ।
सन् १९५३ देखि बलिवुडमा देखापरेका कपुरको पहिलो चलचित्र �जीवन ज्योति� थियो । १९६१ मा सुपरहिट भएको �जंगली� चलचित्रले उनलाई बलिवुडमा बलियो रूपमा स्थापित भएको हो । भारतका एल्विस प्रेसले भनिने उनले त्यसबेला अभिनय यात्रा थालेका हुन् जुनबेला उनका दाजु राज कपुर, देव आनन्द र दिलिप कुमार छाएका थिए ।
उनको वास्तविक नाम शमसेर राज कपुर थियो । २१ अक्टुबर १९३१ मा जन्मेका शम्मी कपुर भारतीय रंगमञ्चका चर्चित कलाकार पृथ्वीराज कपुरका कान्छा छोरा हुन् । अभिनय क्षेत्रको पारिवारिक पृष्ठभुमी भएपनि उनको सुरुआती समयका �रेल का डिब्बा� मा मधुवाला, �शमा परवाना� मा सुरैया र �हम सब चोर है� मा नलिनी जयवंतका साथ अभिनय गरेपनि सफल हुन सकेका थिएनन् । पचासको दसकमा �डक�टेल� शैलीको हेयर स्टाइल बनाएर उनले �तुम सा नही देखा� मा आफुलाई फरक रूपमा पेश गरे । सन् १९६१ मा जंगली हिट भएपछि उनी पुरा दसकसम्म चर्चित भइरहे ।

दर्शकले उनलाई �सुकु सुकु�, �ओ हसिना जुल्फोंवाली�, �आज कल तेरे मेरे प्यार के चर्चे, र �आ आ आजा मै हूँ प्यार तेरा� जस्ता गीतमा फरक प्रकारको प्रस्तुतीले सम्झन्छन् । कश्मीर की कलि, एन इभिनिङ इन पेरीस, राजकुमार, जानवर जस्ता केही चलचित्रमा उनको अभिनयलाई लिएर प्रश्नहरू उठेका थिए । तर, जंगली, बदतमीज, ब्लफ मास्टर,पगला कहीं का, तीसरी मंजिल र व्रम्हचारी चलचित्रको सफलताले उनका आलोचकको मुख बन्द गरिदिएको थियो ।
सन् १९७१मा आएको �अंदाज� र त्यपछिका सुभास घइका �विधाता�, �हिरो� र राज कपुरको �प्रेम रोग� चलचित्रमा उनी चरित्र अभिनेताको रूपमा प्रस्तुत भए । सूचनाप्रविधि रूचाउने कपुर जीवनका पछिल्ला वर्ष अध्यात्मतर्फ आकर्षित थिए ।
पछिल्ला दिनहरुमा उनी भारतको इन्टरनेट प्रयोगकर्ता समुदायका संस्थापक अध्यक्ष थिए। आफ्नो फेसबुक पेज र ट्विटर अकाउन्टमा उनी व्यस्त थिए।
“याहू” उनको सबैभन्दा चर्चामा रहेका गीतहरु मध्ये एक हो। यो इन्टरनेटमा याहू कम्पनी स्थापना हुनुअघिको गीत हो।





