संविधानसभा सदस्यबाट हटाइएका सभासद्‍को स्थान पूर्ति नगर्न सर्वोच्चको आदेश

– संविधानसभा सदस्यबाट हटाइएका चुरेभावर राष्ट्रिय पार्टीका केशवप्रसाद मैनाली र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार नाल्वो लिम्बुको सदस्यता अर्को आदेश नभएसम्म पूर्ति नगर्न आज सर्वोच्च अदालतले विपक्षीका नाममा आदेश जारी गरेको छ।

 

काठमाडौ – सर्वोच्च अदालतले चुरे भावर राष्ट्रिय पार्टिका अध्यक्ष केशवप्रसाद मैनाली र संघिय लोकतान्त्रिक पार्टिका राजकुमार लिम्वुले हालेको रिटमा अन्तरिम आदेश दिने नदिने बारे छलफल गर्न अदालतमा हाजिर हुन आदेश दिएको छ ।

आफूहरुलाई संविधानसभाको सदस्य नरहने भनी गरिएको घोषणाको विरुद्ध उनीहरुले दायर गरेको रिटमा सभामुखलाई लिखित जावाफ दिन पनि आदेशमा भनिएको छ ।

न्यायाधीश प्रकाश वस्तीको एकल इजलाशले जारी गरेको आदेशमा छलफल गर्न दुवै पक्षलाई भदौ ५ गते अदालतमा आउन भनिएको हो ।