काठमाडौ । रोजगारीका लागि खाडीलगायतका मुलुकमा जाने नेपाली कामदारको सङ्ख्या २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०६७/६८ मा रोजगारीका लागि विदेश जाने कामदारको सङ्ख्या तीन लाख ५४ हजार ७१६ रहेको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०६६/६७ वर्ष दुई लाख ९४ हजार ९४ नेपाली वैदेशिक रोजगारीमा विदेश गएका थिए । त्यसको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या २०.६१ प्रतिशतले बढी भएको देखिएको छ ।
नेपालले संस्थागत वैदेशिक रोजगारीका लागि १०८ मुलुक खुला गरेको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईका अनुसार आर्थिक वर्ष २०६७/६८ मा १० हजार ४१६ जना महिला वैदेशिक रोजगारीका विदेश गएका छन् । अघिल्लो वर्ष पाँच हजार २६० महिला मात्र रोजगारीका लागि विदेश गएका थिए ।
वैदेशिक रोजगारीको विषयसँग सम्बन्धित आर्थिक वर्ष २०६७/६८ मा व्यक्तिगत ७२१ र संस्थागत उजुरी ४८३ वटा श्रम विभागमा परेको पनि मन्त्रालयले जनाएको छ ।
ती उजुरी मार्फत रु ६४ करोड १३ लाख ९३ हजार ६७ माग दाबी गरिएको थियो । मन्त्रालयले आर्थिक वर्ष २०६७