आगामि सरकारको नेतृत्वको लागि नेपाली कांग्रेसको तर्फबाट दावी गरिरहेका वरिष्ठ नेता शेरबहादुर देउवा र संसदीयदलका नेता रामचन्द्र पौडेल दुवैलाई उम्मेदवार बनाउने गरि कांग्रेसले मध्यमार्गी बाटो अपनाउने भएको छ ।
कांग्रेस शिर्ष नेतृत्वको छलफलमा सहमतिय सरकार गठन हुने अवस्थामा वरिष्ठ नेता देउवा र वहुमतिय सरकार गठन हुने अवस्थामा नेता पौडेललाई उम्मेदवार बनाउने सहमति भएको बताइएको छ ।
यसअघि देउवा निवासमा आफ्ना पक्षका नेताहरुको भेला गरि देउवाले आफ्नो नाममा सहमति नभए संसदीय दलको नेताबाट पौडेललाई हटाउन आजै अविश्वासको प्रस्ताव ल्याउने भएका थिए ।