भारतको ६५ औ स्वतन्त्र दिबसको अबसरमा दिल्लीमा भब्य रूपमा सास्कृतिक कार्यक्रम संपन्न

– दिपक जिसी


नयाँ दिल्ली, भारत । कला साहित्य र सस्कृतिको बिकास गरौ । भारत र नेपाल बिचको मैत्री पूर्ण सम्बन्ध कायम राखौ भन्ने मूल नाराका साथ भारतको राजधानी नई दिल्लीमा भव्य लोक दोहोरी कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रममा लोक गायक खुमन अधिकारी र गायिका जमुना रानाले दर्शकहरुलाइ विभिन्न गीत संगीतबाट साहै मनोरंजन गराएका थिए।


उक्त कार्यक्रममा नेपाल राजदुताबासका तर्फबाट कल्चरल काउंसलर उमाकांत पराजुली प्रमुख अतिथिको रूपमा आउनु भएको थियो। साथै सुपा देउराली टूर एंड ट्रेवल्सका अध्यक्ष हरी भट्टराई, लुम्बिनी अर्घाखाँची समूहका अध्यक्ष दीपक जीसीको समेत विषेश उपस्थिती रहेको थियो।


कार्यक्रममा आफुले सोचे भन्दा बढ़ी दर्शक उपस्तित रहेको बताउदै कार्यक्रममा सहयोग पुर्याउने संपूर्ण संघ संस्था र महानुभाव प्रति हार्दिक धन्यवाद समेत दिएको जानकारी संस्थाका महासचिव धुर्बा रानाले अर्घाखाँचीडट्कमको दिल्ली व्युरोलाइ जानकारी गराए।