माओवादी र संयुक्त मधेसी मोर्चाका नेताहरु बीच नयाँ सरकार निर्माणको सम्बन्धमा छलफल

काठमाडौ – एकिकृत नेकपा माओवादी र संयुक्त मधेसी मोर्चाका नेताहरु बीच नयाँ सरकार निर्माणको सम्बन्धमा काठमाडौमा छलफल भएको छ । मधेसी जनअधिकार लोकतान्त्रिक (लोकतान्त्रिक) को संसदीय दल कार्यालयमा छलफल सुरु भएको हो ।

माओवादीले उपाध्यक्ष डा‌. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी सारेको छ भने मोर्चाले मधेसको सवालमा सहयोगी उम्मेदवारलाई सघाउने भनेको छ ।

छलफलमा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापालगायतका छन् भने मधेसी मोर्चाका पाँच दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र गणतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र तमलोप नेपाल तथा सद्भावना पार्टी (महत्तो) रहेका छन् ।