– कृष्ण खनाल
बुटवल साउन ३२ । विभिन्न ४१ सुत्रिय माग राखि आन्दोलन थालेका यातायात व्यवसायीहरुले विहीवारबाट देशभर भाडाका सवारी साधन नचलाउने भएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नेपाल ट्रक ट्याङकर तथा परिवहन व्यवसायी महासंघ नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ र ढुवानी व्यवसायी महासंघ बैज्ञानिक भाडादर कायम गरीनुपर्ने सड्कलाई शान्ति क्षेत्र घोषणा गरीनुपर्ने भारतीय गाडिहरुलाई आवागमनमा रोक लगाउनुपर्ने छुट्टै यातायात मन्त्रालय र यातायात प्राधिकरणको स्थापना गर्नुपर्ने लगाएतका माग राखदै चरणबद्ध आन्दोलनमा रहेका छन् । चरणबद्ध आन्दोलन अन्तरगत भोली देशभर आफ्ना सवारी साधन नचलाउने निर्णय गरेका हुन ।
यसैबीच विहीवारको कार्यक्रमका विषयमा छलफल गर्न बुधवार लुम्बिनी अाचल संघर्ष समितिको समिक्षा बैठक बुटवलमा बसेको छ । बैठकमा आन्दोलनलाई व्यवस्थित गर्ने बारेमा छलफल भएको संघर्ष समितिका सदस्य पश्चिमााचल यातायात व्यवसायी समितिका अध्यक्ष लोकराज पोखरेलले बताउनु भयो । बैठकले आन्दोलनका क्रममा विवाह गाडी शववहान प्रेसका सवारी साधन एम्बुलेन्स कुटनीतिक नियोगका गाडी दुध बोक्ने गाडी तथा रातो ल्पेटका सवारी साधनलाई निर्वाध चलाउन दिने निर्णय गरेको छ ।
सोही बैठकले डिलबहादुर ढुङ्गानाको संयोजकत्वमा ७ सदस्यिय सचिवालय गठन गरिएको छ । जसमा लोकराज पोखरेल नारायण घिमिरे माधव नेपाल सहदेव शाहा रवीन्द्रमान श्रेष्ठ र विष्णुप्रसाद न्यौपाने रहनु भएको छ । सरकार आफ्ना माग प्रति गम्भिर नभएको ठहर गर्दै चक्काजाम जस्तो कार्यक्रम गर्न लागेको व्यवसायीहरुले बताएका छन् ।
व्यवसायीहरुले हिजो मध्यान्ह १२ वजेदेखि १ बजेसम्म देशभर चक्काजाम गरेका थिए ।