प्रधानमन्त्रीको प्रत्यासी रहेको संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादीले तराइ केन्द्रित दलहरुले उठाउँदै आएका संघीयता, जातीयता, क्षेत्रीयता लगायतका मुद्दामा आफुहरु एकठाउँ रहेको बताएको छ।
राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयत्न स्वरुप संविधानसभामा चौथो ठूलो शक्तिका रुपमा रहेको तराइवादी मोर्चाको मन जित्ने प्रयत्न शुरु गरेको छ।
मोर्चासँग भएको डेढ घन्टा लामो छलफलमा प्रधानमन्त्रीका प्रत्यासी बाबुराम भट्टराई केहीबेर मात्र बोलेका थिए।
अधिकांश समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराइवादी मोर्चाको मन जित्ने प्रयत्न गरेका थिए।
प्रचण्डलाई उल्लेख गर्दै जीतेन्द्र देवले भने,



