माओवादी र कांग्रेसबीच सहमतीय सरकारमा आलोपालो नेतृ्त्व गर्ने सैद्धान्तिक सहमति

– एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसबीच सहमतीय सरकारमा आलोपालो नेतृ्त्व गर्ने सैद्धान्तिक सहमति भएको छ।


राष्ट्रिय सहमतिको सरकार बनाउन राष्ट्रपतिले आह्वान गरेको समय समाप्त हुन तीन दिन बाँकी रहँदा प्रधानमन्त्रीका दुई दावेदार दलहरु एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसबीच चक्रीय प्रणाली बमोजिम आलोपालो नेतृत्व गर्ने सैद्धान्तिक सहमति बनेको छ।


बुधबार प्रचण्ड र बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा बीचको भेटमा उपस्थित रहेका र छलफलमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार कांग्रेस माओवादीबीच चक्रीय प्रणालीबारे सैद्धान्तिक सहमति बनेको छ।


तर कसले पहिले नेतृत्व गर्ने भन्नेबारे भने चाहिं अझै सहमति बनी नसकेको बताइएको छ।


प्रधानमन्त्रीका दावेदार दलहरु एकीकृत माओवादी र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउन भएको पहिलो औपचारिक छलफल सकारात्मक रहेको नेपाली कांग्रेसले बताएको छ।


शीर्ष नेताहरु सम्मिलित बिहीबारको बैठकमा शान्ति प्रक्रिया नटुंगिएसम्म आफुहरुले कुनै हालतमा माओवादी नेतृत्व स्वीकार्न नसक्ने निर्णय यथावत रहेको कांग्रेस नेताहरुले बताएका थिए।


संविधानसभापछि माओवादीका तर्फबाट एकपटक र एमालेका तर्फबाट दुईपटक प्रधानमन्त्री भइसकेकाले अब पालो आफ्नै रहेको कांग्रेसको जिकिर छ।

 

कांग्रेस नेता निधिले भने,