काठमाडौं – महिला अधिकारकर्मीले समयसीमाभित्र संविधान निर्माणको दबाब दिन संविधानसभा भवनअघि बिहीबारदेखि भोकहडताल सुरु गरेका छन् ।
‘भदौ १४ सम्म अनशन जारी रहन्छ,’ बिहानको आठ बजेदेखि साँझ आठ बजेसम्म १२ घन्टे भोकहडताल बसिरहेको जानकारी गराउँदै संकल्पकी रीता थापाले भनिन्, ‘भदौ १४ मा पनि संविधानको प्रारम्भिक मस्यौदा नआए बृहत् आन्दोलन गर्न बाध्य हुनेछौं ।’
महिला दबाब समूहले हडताल थालेको हो । समूहले यसै अभियान अन्तर्गत भदौ छदेखि देशव्यापीरूपमा पदयात्रा गर्ने भएको छ ।



