काठमाडौ – सरकार यातायात व्यवसायीले अघि सारेको ४१ वटै मागप्रति सकारात्मक भएपछि व्यवसायीले आव्हान गरेको अनिश्चितकालीन सवारी साधन बन्दको कार्यक्रम फिर्ता लिएको छ । बन्द फिर्ता भएपछि शुक्रबार बिहानबाट सार्वजनिक यातायात तथा ढुवानीका साधनहरु संचालनमा आएको छ ।
श्रम तथा यातायात मन्त्रालयमा राति ८ बजेबाट सुरु भएको वार्ता बिहान ४ बजेसम्म चलेको थियो । वार्तामा श्रम, गृह, अर्थ र आपूर्ति मन्त्रालयका अधिकारी तथा व्यवसायी सहभागी थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ढुवानी व्यवसायी महासंघको आव्हानमा बिहीबार देशभर सार्वजनिक यातायात संचलनमा आएन ।



