लमजुङ पछि बझाङमा पनि ४.९ रिक्टर स्केलको भूकम्प धक्का

काठमाडौँ – पछील्लो पटक प्राप्त समाचार अनुसार बझाङ जिल्लाको पूर्वी भागमा आज बिहान ७ बजेर ३७ मिनेट जाँदा ४.९ रिक्टर स्केलको भूकम्प गएको छ।

 भूकम्पको केन्द्रविन्दु बझाङ जिल्लाको काँगरगोठ आसपास भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ।

यसअघि हिजो दिउँसो २ बजेर २० मिनेट जाँदा पनि लमजुङ जिल्लाको दुराडाँडा आसपास केन्द्र भएको ४ रिक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ।

 

 

जापानमा ६.८ रिक्टर स्केलको भूकम्प

 

उता जापानको पुर्व-उतरी भागमा शुक्रवार दिउसो ६.८ रिक्टर स्केलको भूकम्प गएको जनाइएको छ। क्षेती बारेमा केही पनि थाहा हुन सकेको छैन।