बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल बन्द भएको विरोधमा कम्पनीमा कार्यरत मजदुरहरुले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । कम्पनीमा कार्यरत मजदुरहरुले सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखि दुई महिनाअघि ८ दिनसम्म उद्योग बन्द गराएपछि व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै असारमसान्तबाट उद्योग बन्द गराएको छ ।
व्यवस्थापन र मजदुरबीचको विवादले उद्योगका लागि आवश्यक वस्तु आयात गर्न नपाएको र असुरक्षा बढ्दै गएपछि उद्योग बन्द गर्नुपरेको कम्पनीको भनाइ छ । मजदुरलाई जेठ पहिनासम्मको पारिश्रमिक दिएर उद्योग बन्द गराएको कम्पनीले जनाएको छ ।
मजदूरहरुले भने गैर कानूनी रुपमा व्यवस्थापनले उद्योग बन्द गराएको आरोप लगाउँदै उद्योग पुनः संचालन गर्न माग गरेका छन् । भारतीय कम्पनी सुर्य नेपाल बन्द भएपछि वैदेशीक लगानी भित्र्याउन गाह्रो पर्ने भन्दै निजी क्षेत्रले गम्भिर चिन्ता व्यक्त गरेको छ ।



