त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत तीन सय कर्मचारीद्धारा बिना सूचना अचानक हड्ताल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत तीन सय कर्मचारीले बिना सूचना अचानक हड्ताल गरेका छन्।

 

विभिन्न सेवा प्रदायक ठेकेदार कम्पनीमार्फत विमानस्थलमा काम गरिरहेका सरसफाइ, सवारी चालक, ट्रली कलेक्टर, जहाज उडान तालिकाबारे जानकारी दिने उद्‍घोषकहरु हड्तालमा उत्रिएका हुन्।

 

तलब सुविधा बढाउनु पर्ने माग गर्दै कर्मचारीहरुले बिना सूचना अचानक काम रोकेको विमानस्थलका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा तत्कालै केही असर नपरे पनि यात्रुहरुलाई भने हड्तालका कारण समस्या परेको छ। हड्ताल लम्बिरहे उडान प्रभावित हुनसक्ने महाप्रवन्धक सुमनले बताए ।