सुडान प्रकरणका आरोपी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकसँग ७५ लाख रुपैयाँ धरौटी माग

सुडान घोटाला प्रकरणका आरोपी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक दिपकसिंह थाङदेनसँग विशेष अदालतले ७५ लाख रुपैयाँ धरौटी मागेको छ ।

 

अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले थाङदेनसँग ७५ लाख रुपैया धरौटी मागेको हो ।

 

सुडान घोटाला प्रकरणका ३४ जना आरोपी मध्ये थाङ्देन अदालतमा उपस्थित हुने अन्तिम आरोपी हुन् ।