– वीरेन्द्र केसी
अर्घाखाँची – राष्ट्रिय जनमोर्चाका केन्द्रिय कोषाध्यक्ष मनोज भट्टले संविधान निर्माणप्रति तीन ठुला दल माओवादी काग्रेस र एमाले गैर जिम्मेवार भएकाले शान्ति र संविधानका काम हुन नसकेको बताए ।
संविधान निर्माणको लागि दवाव दिने उद्देश्यले अखिल नेपाल महिला संघले आयोजना गरिएको विरोध सभामा बोल्दै उनले तीन दल संविधान भन्दा सत्ता लिप्साका कारण थपिएको समयमा पनि केही काम हुन नसकेको आरोप लगाए । संविधान निर्माणको लागि दवाव दिने उद्देश्यले आयोजना गरिएको विरोध सभामा बोल्दै उनले संविधान बनाउन भनेर जनताले संविधान सभाको निर्वाचनबाट जिताएर पठाएका थिए उनले भने तर संविधान भन्दा सत्तालाई बढी महत्व दिए ।
तीन दलको सत्ता लिप्साको कारण २०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धी र लोकतन्त्र खोसिन सक्ने खतरा नजिकै आउँछै उनले भने २०१७ साल ०४६ सालका उपलब्धी पनि यस्तै गरी खोसिएका थिए । पार्टी र नेता बीचको गुट उपगुटले गर्दा आफनै पार्टीको सरकार ढलाउने र बनाउने मै समय खेर गएको बताउँदै भट्टले शहिदको रगतप्रति तीन दल उदासिन भएको आरोप लगाए । माओवादीले ठुलो दलको नाममा जबरजस्त सत्ता कब्जा गर्ने खेलमा लागेको आरोप उनले बताए ।
उनले शान्ति र संविधानको लागि तीन ठुला दल मिल्नुपर्ने बताए । थपिएको तीन महिना पनि सत्तामा केन्द्रित भएकाले भदौ १४ पछि म्याद नपेपनि सत्ता मोह नत्यागे सम्म संविधान बन्न नसके बताए ।
अखिल नेपाल महिला सघकी केन्द्रिय सदस्य कल्पना पोखरेलले सानो देशलाई संघीयता लैजाँदा देश टुकि्रने भन्दै संघीयताको खारेजीको माग गरिन । विरोध सभामा महिला संघकी जिल्ला उपाध्यक्ष कमला खनाल लगायतले सत्ता मोहलाई छाडेर संविधान निर्माण तर्फ ध्यान दिन दलहरुलाई आग्रह गरेका थिए । सभा सचिव गीता केसीको सचालनमा सम्पन्न भएको थियो ।