संविधानसभाको म्याद थप्ने काम संविधानसम्मत भए नभएको बहस गर्ने क्रममा महान्याधीबक्ता र न्यायाधिसबीच चर्काचर्की

– घनश्याम खड्का

 

काठमाडौ – संविधानसभाको म्याद थप्ने काम संविधानसम्मत भए नभएको बहस गर्ने क्रममा महान्यायाधीवक्ता युवराज संग्रौला र प्रधान न्यायाधीश खिलराज रेग्मीसम्मिलित विशेष इजलाशका न्यायाधीशहरुबीच मंगलबार कडा सवालजवाफ भएको छ ।

संग्रौलाले संविधान राजनीतिक सहमतिको दस्तावेज भएकाले यसको न्यायिक पुनरावलोकन हुन नसक्ने बताएपछि उनीविरुद्ध न्यायाधीशहरु खनिएका थिए ।