टीकापुर – प्राप्त समाचार अनुसार एकीकृत नेकपा माओवादीका कार्यकर्ताले चन्दा नदिएको भन्दै मुनुवा गाविस-३ बेलपुरका कालुराम कुश्मी र उनकी श्रीमती अस्तुर्नीदेवी कुश्मीलाई कुटपिट गरेका छन् ।
आइतबार राति करिब १२ बजेतिर सन्तलालसहित कुश्मीको घरमा गएका ३ जनाकोे समूहले पहिला २० हजार मागेको, दिन नसक्ने भनेपछि ५ हजार मागेका र त्यो पनि नदिने भनेपछि कुटपिट गरेको पीडित कालुरामले बताए ।
सन्तरामको समूहले कुश्मी दम्पत्तीलाई काठको चिर्पटले हानेका जनाइएको छ । पिडितको जीउभरी डाम छ ।
जुवा खेलाएको आरोप लगाउँदै माओवादी पार्टीको निर्णय भन्दै उनीहरुले चन्दा मागेका पीडित परिवारले बताएका छन् ।



