काठमाडौ – राष्ट्रपति रामवरण यादवले थपेको राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने तीन दिने समयअवधि सकिएको छ। भने उता पूर्व सहमति अनुसार नै काँग्रेस नेता शेरबहादुर देउवाले बुधबार पाँच बजेपछि प्रधानमन्त्रीको दावी छाडेका छन। सहमति जुट्ने संभावना नरहेपछि उनले बहुतीय सरकारको नेतृत्व दावी नगर्ने भएका हुन।
राष्ट्रपति रामवरण यादवले थपेको राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने तीन दिने समयअवधि अपरान्ह ५ बजेसम्ममा सहमति निर्माण नभएकोमा नेता देउवाले आफुले प्रधानमन्त्री उम्मेदवारको दौडबाट हटेको घोषणा गरेका उनी निकट एक केन्द्रीय सदस्यले बताए ।
यसअघि नेता देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेल बीच को उम्मेदवार बन्ने भन्ने विवाद बढेपछि पार्टी केन्द्रीय समितिले देउवालाई सहमतीय र पौडेललाई बहुमतीय प्रकृयाका लागि उम्मेदवार बनाउने निर्णय लिएको थियो । तर, सहमतीय प्रकृया समाप्त नहुँदासम्म बहुमतीय प्रकृयाको बारेमा नेताहरुले औपचारिक रुपमा बोलेका थिएनन् ।



