मन्थली – रामेछापको मन्थलीमा पानी फाल्ने मेसिनमा समस्या आए पछि चार दिन देखि पानी वितरण कार्य प्रभावित भएको छ ।
तामाकोशी किनारमा रहेको भूमिगत ईनारबाट पानी पोखरीसम्म पानी फाल्न नसकेपछि मन्थली खानेपानी उपभोक्ता समितिले उपभोक्तालाई चार दिन देखि नियमित पानी वितरण गर्न सकेको छैन् ।
समितिका व्यवस्थापक जगदीश सुवेदीका अनुसार मेसिनले नजिकै पानी फाले पनि माथिसम्म फाल्न सकेको छैन् ।



