एशिया प्रशान्त क्षेत्रका चुनौति र अवशर विषयक तीनदिने क्षेत्रीय कार्यशाला मङ्गलबारबाट काठमाण्डौमा सुरु भएको छ। यो बैठकको मूल उद्धेश्य एशिया प्रशान्त क्षेत्रमा रहेका अवशर र चुनौतिको मूल्याङ्कन गर्नु हो। आर.आइ.ओ. प्लस 20 शीर्षक राखिएको उक्त बैठक बिहीबार सम्पन्न हुनेछ।
यस कार्यशाला बैठकमा एशिया प्रशान्त क्षेत्रका 40 भन्दा बढी विशेषज्ञ सहभागी छन्। यस बैठकको मूल आयोजक काठमाण्डौमा रहेको”एकिकृत पहाडी क्षेत्र विकासको अन्तर्राष्ट्रिय केन्द्र वा इसिमोड रहेको छ।



