काठमाडौ – कांग्रेसले नेता रामचन्द्र पौडेललाई बहुमतीय प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । सहमतीय सरकार बन्न नसकेपछि केन्द्रीय समितिको बैठक बिहीबार बिहान बसेको बैठकले सर्वसम्मत ढंगले उक्त निर्णय लिएको हो ।
बैठकमा सभापति सुशील कोइरालाले पौडेलेको उम्मेदवारीको प्रस्ताव गरेका थिए । बैठकमा अनुपस्थित रहेका वरिष्ठ नेता शेरबहादुर देउवाले फोन मार्फत पौडेलको उम्मेदवारीलाई समर्थन जनाएका थिए । ढिला भएकाले बैठकमा उपस्थित हुन नसकेको भन्दै देउवाले पूर्व सहमति अनुसार पौडेलको उम्मेदवारीलाई आफ्नो समर्थन रहेको जनाएका थिए ।
बैठक सकिए लगत्तै कांग्रेस नेताहरु आफ्नो पक्षमा बहुमत जुटाउन दौडधुप सुरु गरेका छन् । सभापति कोइराला,देउवा र पौडेल एमाले नेता माधवकुमार नेपाललाई भेटेका छन् ।
नजिकका केही केन्द्रीय सदस्यले बहुमतीयमा समेत उम्मेदवारी नछाड्न दबाब दिए पनि देउवाले पूर्वसमझदारीविपरीत आफू नजाने बताएका थिए । यता पौडेलले बहुमतीय प्रक्रियामा प्रवेश गरेपछि आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास थालेका छन् । उनले एमाले र मधेसी मोर्चाका नेताहरूसँग अनौपचारिक वार्ता थालेको स्रोतले बतायो । ‘बहुमतीयमा प्रवेश गरे पनि माओवादी सहितका दललाई मिलाएर सहमति खोज्ने हाम्रो प्रयास हुनेछ,’ पौडेलले भने । महामन्त्री प्रकाशमान सिंहले शान्ति प्रक्रिया ठोस रूपमा अघि नबढाएसम्म माओवादी नेतृत्व स्वीकार्न नसकिने पार्टी अडान परिवर्तन नहुने बताए ।
निर्णयको पूर्णपाठ:
भाद्र ८, २०६८
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा
बस्यो ।
बैठकको निर्णय देहाय बमोजिम छ



