माओवादीद्दारा शान्ति, संविधान र सरकारबारेको आफ्नो प्रस्ताव सार्वजनिक

राष्ट्रपतिले बहुमतिय सरकार गठन गर्न दलहरुलाई आव्हान गरेको एक दिन पछि माओवादीले शान्ति, संविधान र सरकारबारेको आफ्नो प्रस्ताव सार्वजनिक गरेको छ।


उसले लगभग आठ हजार लडाकूहरुको समायोजन डेढ महिनामा गर्ने र संविधानसभाको म्याद छ महिना थप्ने प्रस्ताव गरेको छ।


बहुमतिय सरकार गठन गर्न संसदमा आइतबार हुने प्रधानमन्त्रीको चुनावको लागि दौड शुरु भएकै बेला बिहीबार माओवादी स्थायी समितिको बैठकले शान्ति प्रक्रिया, संविधान र सरकारबारेको उसको प्रस्तावलाई अन्तिम रुप दिएको थियो।


माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व पहिले आफ्नो दलले लिने गरी अझै पनि राष्ट्रिय सहमतिको सरकार निर्माणको संभावना रहेको पत्रकारहरुलाई बताए।


उनले भने,