आज प्रधानमन्त्री पदको निर्वाचनका लागि उम्मेद्‌वारी मनोनय पत्र दर्ता

काठमाडौं  –   आइतबार हुने प्रधानमन्त्री पदको निर्वाचनका लागि आज उम्मेद्‌वारी मनोनय पत्र दर्ता गराउँदैछन् । 

 

दलहरुबीच राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेपछि संसदले बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने प्रक्रिया सूरु गरेको हो । 

 

संसद सचिवालयले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अनुसार विहान नौ देखि अपरान्ह ४ बजेसम्म सिंहदवारमा उम्मेद्वारीको सूचना दर्ता गर्नुपर्छ ।

 

संबिधानको धारा ३८ (२) अनुसार बहुमतिय प्रधानमन्त्री चयनका लागि संविधानसभा सदस्यले अर्का सदस्यलाई प्रस्तावक र समर्थक राखि आफ्नो उम्मेद्वारीको सूचना दर्ता गराउनु पर्छ । यसरी दर्ता भएका उम्मेद्वारको नामावली प्रकाशन अपरान्ह साढे ४ बजे हुनेछ । 

 

निर्वाचन कार्यक्रम अनुसार आइतबार विहान ११ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्री पदका लागि निर्वाचन हुने छ । सभामुख सुवास नेम्वाङ्गले प्रधानमन्त्रीको निर्वाचन हुने बैठकमा अनुपस्थित नहुन र तटस्थ नबस्न सभासद्हरुलाई रुलिङ्ग गरेका छन् ।