पोखरा – अव सरकारको नेतृत्व माओवादीले गर्ने भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले बताएका छन् ।
रायमाझीले संविधानसभाको नारा लिएर हिडेको ठुलो पार्टी भएकाले सरकारको नेतृत्व माओवादीले नै गर्ने दाबी गरे ।
पोखरामा शुक्रबार खानेपानी संस्थानको पाइप लाइन बिस्तार कार्यत्रमको उदघाट्न गदै रायमाझीले राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताउँदै अरु दललाई लिएर माओवादीले सरकारको नेतृत्व गर्ने जनाए ।
रायमाझीले भने ‘पाबर ब्यालेन्स गर्ने हो भने अव प्रधानमन्त्री माओवादी कै हुनुपर्छ’ ‘माओवादी नेतृत्वमा सरकार निर्माणका लागी सबै दलले सहमति जुटाउनैपर्छ ।’
रायमाझीले काग्रेसबाट राष्ट्रपति, एमालेबाट सभामुख रहेकेा अवस्थामा प्रधानमन्त्री माओवादीको पक्षमा हुनु पर्ने जिकीर गरे । राष्ट्रिय सहमति नबने मुलुकमा साम्प्रदायिक आन्दोलन भडकिने खतरा औल्याए । रायमाझीले भने ‘राजनितिक आन्दोलन समाप्त भई काटमारको आन्दोलन हुनेछ, ‘यसैले पनि दलहरु बीचमा सहमतिको विकल्प छैन ।’
रायमाझीले माओवादी भित्र अन्तरद्धन्द्ध रहे पनि राष्ट्रिय सहमतिको सरकार निर्माणका लागी पार्टी एक ढिक्का भएर अघि बढेकेा बताए ।
दलहरु मिलेर राजनितिक स्थिरता कायम भएको खण्डमा मुलुक दस वर्षमै कायपल्ट हुने दाबी रायमाझीले गरे ।



