प्रधानमन्त्रीको चुनावको लागि मैदानमा उत्रिएका माओवादी तथा नेपाली कांग्रेसका दुई उम्मेदवार मध्ये हालसम्म कसैले पनि जित्न आवश्यक बहुमत समर्थन जुटाउन सकेका छैनन्।
तर दुवैले हालसम्म बहुमत समर्थन जुटाइसकेका छैनन्।
ती दुई दलपछिको तेस्रो ठूलो दल एमालेले अझै सहमतिको लागि कसरत गर्ने बताएको छ।
माओवादीले विहिबार ल्याएको प्रस्तावप्रति एमालेले असन्तुष्टि जनाएकोबेला माओवादीलाई जित्न निर्णायक देखिएको तराई केन्द्रित दलहरुको मोर्चाले पनि अझै केही स्पष्ट निर्णय लिएको छैन।
२३६ सभासद भएको सबभन्दा ठूलो दलको उम्मेदवारको हैसियतले भट्टराईलाई हाल कायम ५९४ कूल सदस्यबाट बहुमत अर्थात २९८ सभासदको समर्थन जुटाउन तुलनात्मक रुपमा सजिलो छ।
उम्मेदवारी नदिएको तेस्रो ठूलो दल एमालेको १०६ सभासदको समर्थन पाए उसको लागि सबभन्दा राम्रो हुन्छ।
तर माओवादीको पछिल्लो प्रस्ताव परिमार्जन नभएसम्म त्यो सम्भावना निकै क्षीण छ।



