सार्कले साझा क्षेत्रीय सुमदाय तथा आर्थिक क्षेत्रको अवधारणा साकार पार्न ठोस प्रयास थाल्ने

काठमाडौ – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कले साझा क्षेत्रीय सुमदाय तथा आर्थिक क्षेत्रको अवधारणा साकार पार्न ठोस प्रयास थाल्ने भएको छ । स्थापना भएको करिब २६ वर्षपछि सार्कको उक्त प्रयास स्वरुप साउथ एसिया फोरमको पहिलो बैठक दुई सातापछि नयाँ दिल्लीमा हुने भएको छ ।

गत वर्ष भुटानको थिम्पुमा भएको १६ औं सार्क शिखर सम्मेलनले दक्षिण एसियाली समुदाय तथा आर्थिक युनियनको दूरगामी अवधारणाका लागि बहस चलाउन फोरम गठन गर्ने निर्णय अनुमोदन गरेको थियो ।

बिहीवार साँझ यहाँ आयोजित कार्यक्रमबीच भारतीय विदेशसचिव रञ्जन मठाईंले फोरमको पहिलो बैठक भदौ २२ र २३ गते नयाँ दिल्लीमा बस्ने औपचारिक घोषणा गरे ।

‘यो फोरम एकदमै सान्दार्भिक छ । एकीकृत आर्थिक क्षेत्रका रुपमा दक्षिण एसियाले विश्वको स्थायित्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ,’ मठाईले भने ।

फोरमले विशेषगरी ट्रयाक वान अर्थात् अन्तरसरकारी र ट्रयाक टु अर्थात् गैरसरकारी कूटनीतिलाई जोड्ने पुलका रुपमा काम गर्नेछ । यसको बैठक प्रत्येक वर्ष गर्ने र बैठकमा उठेका विषय तथा निष्कर्षलाई सार्क शिखर सम्मेलनमा पेश गर्ने योजना समेत बनाइएको छ ।

फोरमको पहिलो बैठकमा आठवटै सदस्य मुलुकबाट १४/१४ जनाले भाग लिनेछन् । टोलीमा मन्त्री, सरकारका विभिन्न निकाय, सञ्चारमाध्यम र अनुसन्धान संस्थाका वरिष्ठ प्रतिनिधि, व्यवसायी, महिला तथा युवाको सहभागिता रहनेछ । नेपालबाट परराष्ट्रमन्त्री उपेन्द्र यादव आउने भनिएपनि नया