रामेछापमा चट्याङ्ग लागेर एक २२ बर्षीय युवकको मृत्यु

मन्थली  – शुक्रबार राति परेको चट्याङ्ग लागेर रामेछापको खिम्ती गाविस  ४ मा एक युवकको ज्यान गएको छ । रामेछाप जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त घटनामा परी खिम्ती ४ का २२ बर्षीय शालिकराम अधिकारीको ज्यान गएको हो ।

उनलाई आफ्नो घरभन्दा केही परको केवलराम मगरको घरमा गएका बेला चट्याङ्गले हानेको थियो । घटनामा अरु ७ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । केहि दिन अघि छिमेकी गाउँ तिल्पुङ्गमा समेत चट्याङ्ग लागेर एक जनाले ज्यान गुमाएका थिए ।