एकीकृत माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले पार्टीभित्र अर्काको कमजोरी देख्ने तर आफ्नो कमजोरी नदेख्ने प्रवृत्ति बढ्दै गएकोले अन्तरसंघर्ष तीव्र बनेको वताएका छन ।
आज राजधानीमा दोरम्वा हत्याकाण्ड मुक्तिका लागि बलिदान पुस्तकको लोकार्पण गर्दे बैद्यले शान्ति प्रक्रियामा प्रवेश गरेपछि पार्टी बिग्रिएको बताए । उनले दोरम्बा हत्या काण्ड संसदीय व्यवस्थाको अधिनायकवाद र फासीबादी चरित्रको उदाहरण भएको टिप्पणी गरे ।
माओवादी नेता अग्नी सापकोटाले दोरम्बा हत्याकाण्डमा साहदत प्राप्त गर्ने सहिदहरुलाई राज्यले उपेक्षा गरेको बताए । कार्यक्रममा अरु वक्ताले सहिदको सपना भुलेर पुरानो राज्यसत्ताको चरित्र देखाएको भन्दै नेताहरुको आलोचना गरेका थिए । कार्यक्रममा दोरम्बा घटनामा मारिएकाहरुको परिवारका सदस्यलाई सम्मान गरिएको थियो ।