यी हुन प्रधानमन्त्रीका उम्मेदवार
संविधानसभाको सबैभन्दा ठूलो दल माओवादी माओवादीका उपाध्यक्ष डा. भट्टराईले गत शुक्रबार बिहान सवा ११ बजे र पौडेलले मध्यान्ह साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा गएर मनोनयन दर्ता गरेका थिए । भट्टराईको प्रस्तावकमा माओवादी अध्यक्ष प्रचण्ड र समर्थकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । यसैगरी, पौडेलको प्रस्तावकमा महामन्त्री प्रकाशमान सिंह र समर्थकमा बिमलेन्द्र निधि छन् । माओवादी उम्मेदवार भट्टराईसँग यसअघि माओवादी नेतृत्वको सरकारका पालामा अर्थमन्त्रीको रूपमा सरकार सञ्चालनको अनुभव छ । कांग्रेस उम्मेदवार पौडेल भने यसअघि सभामुख, उपप्रधान तथा गृहमन्त्री र शान्तिमन्त्री बनिसकेका छन् । उम्मेदवारी दर्तापछि माओवादी उम्मेदवार भट्टराईले शान्ति र संविधान बनाउन अन्तिम मौकाको रूपमा आफ्नो उम्मेदवारी भएको बताएका थिए । नयाँ प्रधानमन्त्री चयनका लागि आज दिउँसो १ बजे संसदमा निर्वाचन हुनेछ । संविधानसभामा हाल कायम रहेको सभासद् संख्याको बहुमत प्राप्त गर्ने उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुनेछ ।
कुल ६०१ सदस्यीय संविधानसभामा अहिले ५ सय ९४ मात्र सदस्य रहेका कारण २ सय ९८ मत ल्याउने उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुनेछ । पौडेललाई कांग्रेस र एमालेका केही नेताहरूबाहेक अरुको खासै समर्थन देखिंदैन । भट्टराईलाई माओवादीसहित एमालेका धेरै सभासद र अरु वामपन्थी दलहरूको समर्थन छ । मधेसी मोर्चाले पनि माओवादीलाई हरियो झण्डा देखाइसकेको छ । त्यसैले आज संसदमा प्रधानमन्त्रीको चुनाव हुँदा बाबुराम भट्टराईको पक्षमा पल्लाभारी हुने सम्भावना बलियो छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालसहितका केही नेताहरूले बहुमतीय प्रक्रियामा सरकार गठन भए सरकारमा सहभागी नहुने बताउँदै आएका छन् । तर सरकारमा सहभागी नभए पनि चुनावमा भने अनिवार्य भाग लिनुपर्ने नयाँ प्रावधान छ । त्यस कारण पनि एमालेले भट्टराई या पौडेलको पक्षमा मत दिनुपर्ने हुन्छ । कसलाई समर्थन गर्ने भनेर एमालेको प्रष्ट कुरा त आइसकेको छैन तर, एमालेका धेरै सभासद् माओवादी उम्मेदवार भट्टराईलाई मौका दिनुपर्ने बताउछन् ।
एकीकृत नेकपा माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको जन्म गोरखा, बेलबासको खोप्लाङ गाविसमा २०११ असारमा निम्नमध्यम वर्गीय किसान परिवारमा भएको हो । बाबुराम भट्टराई बाबु भोजप्रसाद र आमा धर्मकुमारी भट्टराईका दोस्रो सन्तान हुन । भट्टराईले २०२० मा अमर ज्योति हाइस्कुलमा पढेका थिए । २०२६ सालको एसएलसी परिक्षामा प्रथम भएका भट्टराई अमृत साइन्स कलेजबाट प्रमाणपत्र तह पूरा गरे । उनले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट पीएचडी गरेका हुन् ।
२०१७ सालमा महेन्द्रले शाही सैनिक शासन थोपरेपछि कांग्रेस नेता मामा कृष्णप्रसाद न्यौपानेको प्रभावबाट उनमा राजनीतिक चेतना पल्हाएको थियो । पहिले नेपाली कांग्रेसबाट प्रभावित भएका भट्टराई भारतमा उच्च शिक्षाको अध्ययनकै क्रममा कम्युनिस्ट प्रभावमा परे अनि अखिल भारतीय नेपाली विद्यार्थी संघको संस्थापक अध्यक्ष हुँदै नेकपा चौमका सदस्य बने । चौम फुटेपछि २०४२ सालमा नेपाल फर्कि उनी नेकपा मसालको काठमाडौं जिल्ला सेक्रेटरी र वागमती ब्यूरो सदस्य बने । २०४६ को आन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलनका प्रवक्ता भएका उनी नेकपा एकताकेन्द्र हुँदै माओवादीका वरिष्ठ नेता भए । संसदीय राजनीति गरेको संयुक्त जनमोर्चाका अध्यक्षरहेका भट्टराई



