ब्यवस्थापिका संसदमा अहिले मुलुकको ३५औं प्रधानमन्त्रीका लागि निर्वाचन हुदैछ । निर्णायक मानिएको मधेशी मोर्चाले माओबादीलाई सघाउने भएपछि माओबादीका उम्मेदवार डा. बाबुराम भट्टराई नयाँ प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ । माओबादी र मधेशी मोर्चाबीच चार बुँदे सहमति भएको छ । मधेशी मोर्चाका ७१ सदस्य छन् भने माओबादीका २ सय ३७ सदस्य जोड्दा माओबादीले बहुमत हासिल गर्नेछ ।
त्यसैगरी संसदमा ५ सभासद् भएको राष्ट्रिय जनमोर्चा, माले समाजबादी, नेकपा एकीकृतले पनि माओबादीलाई सघाउने निर्णय गरेको छ । यसबाट काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पराजित हुने निश्चित प्रायः भएको छ । काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई एमालले सघाउने भएपनि पराजित हुने निश्तिच प्रायः भएको छ ।
आजको मतदानमा बहिष्कार बस्न र तटस्थ बस्न नपाईने भएकोले आजै परिणाम आउने पक्का छ । पहिलो चरणको निर्वाचनबाट परिणाम नआए आजै दोस्रो चरणको निर्वाचन हुनेछ । यसअघिको निर्वाचनमा दलहरुले तटस्थ बस्ने र बहिष्कार गर्ने कृयाकलाप गरेका कारण सत्र पटकसम्म निर्वाचन गर्नुपरेको थियो ।