काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बधाई दिएका छन् । आइतबार साँझ भट्टराईलाई टेलिफोन गरी बधाई दिएका हुन् ।
भट्टराई प्रधानमन्त्री भएपछि बधाई दिने भारतीय प्रधानमन्त्री सिंह पहिलो सरकार प्रमुख हुन् । एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि सिंहले पनि पहिलोपटक बधाई दिएका थिए ।
व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । उनले ३ सय ४० मत पाए भने पौडेलले २ सय ३५ मत पाए ।



