नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा शपथ ग्रहण, शान्ति, संविधान र जनतालाई राहत आफ्नो चुनौती भएको उल्लेख

Nepal's newly elected Prime Minister Dr. Baburam Bhattarai waves with his wife Hisila Yami as they walk out from Parliament after Bhattarai was elected Nepal's 35th Prime Minister, in Kathmandu

 

काठमाडौं –  देशका ३५ औँ प्रधानमन्त्रीका रुपमा बाबुराम भट्टराईले राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। यसैगरी आजै उपप्रधान तथा गृहमन्त्रीका रुपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारलाई प्रधानमन्त्री भट्टराईले शपथ गराएका छन्।     प्रधानमन्त्री भट्टराई कालो लबेदा सुरुवाल र कालो भादगाउँले टोपीमा सजिएका थिए।  उपप्रधानमन्त्री गच्छदारले जुहारी कोट र कमिज सुरुवाल र गम्छा लगाएका थिए। 

कार्यक्रममा  उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, प्रधानन्यायाधीश, संविधान सभा अध्यक्ष, मन्त्रीहरु, दलका नेताहरु, सभासदहरु, संवैधानिक निकायका प्रमुख, प्रधान सेनापति, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु उपस्थित थिए।

त्यसअघि प्रधानमन्त्री भट्टराईले कीर्तिपुरस्थित नेपाली कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको प्रतिममा माल्यार्पण गरे।  नवनियुक्त प्रधानमन्त्रीले शहिदगेटमा जाने प्रचलन भए पनि उनले त्यहाँ जान अस्वीकार गरेका हुन्।

 

नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधान आफ्नो चुनौती भएको र तिनलाई पूरा गर्ने प्रयास गर्ने उल्लेख गरेका छन्।

 

प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने – ‘शान्ति, संविधान र जनतालाई राहत।’