संघीय लिम्बुवान राज्य परिषदले भदौ १४ अगाडि नै संविधानको मस्यौदा सार्वजनिक गर्नुपर्ने माग गर्दै अरुण पूर्वका नौ जिल्लामा यातायात बन्दको गरेको छ ।
आजदेखि तीनसम्मका लागि आह्वान गरिएको बन्दले अरुण पूर्वका धनकुटा, सुनसरी, झापा, इलाम, पांचथर, तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
परिषदले समयमै संविधानको खाका आउनु पर्ने, संविधान सभाको म्याद पटक पटक थप्न नहुने लगायतको माग अघि सारेको छ ।