सपथ लिएको २४ घण्टा पनि नबित्दै प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा राजनीतिक सहमतिको प्रयास

United Communist Party of Nepal (Maoist) prime ministerial candidate Dr. Bhattarai is seen leaving a news conference at Parliament in Kathmandu

 

काठमाडौ – मंगलबार बिहान नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सपथ लिएको २४ घण्टा पनि नबित्दै भट्टराईले राजनीतिक सहमतिको प्रयास थालेका छन् ।

महाराजगंजस्थित कोइराला निवास पुगेका भट्टराईले यही सरकारलाई सहमतीय सरकारको रुपमा ढाल्न आग्रह गरेका थिए । प्रस्ताव अस्विकार गर्दै कोइरालाले विश्वासको वातावरण तयार गर्न भट्टराईलाई सुझाव दिए । भट्टराईले सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।

कोइरालाले इमानदारी पूर्वक शान्ति प्रक्रिया टुंग्याउन र युद्धका बेला कब्जा गरिएका जग्गा फिर्ता गराउन पहल गर्न भट्टराईलाई आग्रह गरे ।