माओवादी टोपबहादुर रायमाझीद्धारा डेढ महिनापछि कङ्ग्रेस र एमाले सरकारमा आउने दाबी,नआए आफैं समाप्त हुने चेतावनी

काठमाडौं – डेढ महिनापछि नेपाली कङ्ग्रेस र नेकपा एमाले सरकारमा आउने दाबी एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले गरेका छन्। अनि उनले भनेका छन्- नआए उनीहरु सकिन्छन्। त्यसपछि उनीहरु कमल थापाको लाइनमा जानुको विकल्प नहुने भनाई पनि उनको छ।

 


रिपोर्टर्स क्लब नेपालले मङ्गलबार आयोजना गरेको साक्षात्कारमा रायमाझीले डेढ महिनाभित्रमा प्रतिबद्धताअनुसार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने ठोकुवा गर्दै त्यसपछि पनि कङ्ग्रेस र एमाले सरकारमा नआए उनीहरु आफैं समाप्त हुने चेतावनी दिएका हुन। उनले भने