राष्ट्रसंघका महासचिव बान कि मुनद्धारा प्रधानमन्त्री पदमा निर्वाचित बाबुराम भट्टराईलाई बधाइ

काठमाडौ  – प्रधानमन्त्री पदमा निर्वाचित बाबुराम भट्टराईलाई राष्ट्रसंघका महासचिव बान कि मुनले बधाइ ज्ञापन गरेका छन् । भट्टराई आइतवार प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयबाट महासचिवका प्रवक्ताले जारी गरेको बिज्ञप्तीमा भट्टराईले आफ्नो नेतृत्वमा समावेशी प्रकृया अपनाउँदै सहमति र समझदारीको सरकार गठन गर्नेमा विश्वास व्यक्त गरिएको छ ।

सेना समायोजन तथा संविधान लेखनका बिषयमा कुनै गम्भीर छलफल अघि बढ्न नसकेकोमा समेत महासचिवले चिन्ता व्यक्त गरेका छन् । महासचिवले संविधानसभाको थपिएको अबको तीन महिने अवधीमा संविधान लेखन र शान्ती प्रकृयाका निर्दिष्ट काम